नवलपरासीमा भीरबाट बस खस्दा ३ जनाको मृत्यु, २८ यात्रु घाइते

नवलपरासीमा भीरबाट बस खस्दा ३ जनाको मृत्यु, २८ यात्रु घाइते

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कावासोती   ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित दाउन्नेमा शनिबार साँझ भएको बस दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको छ । २८ यात्रु घाइते घाइते भएका छन्।

शनिबार साँझ भएको दुर्घटनामा घाइते भएका ३१ यात्रुमध्ये उपचारका क्रममा दुई महिला र एक पुरुषको मृत्यु भएको हो।

नवलपरासी प्रहरीका अनुसार इलाम घर भएकी २५ वर्षीया धनु दर्लामी, मकवानपुर बकैया–५ घर भई हाल नवलपरासी विनयीत्रिवेणी–२ दाउन्नेस्थित गुम्बामा बस्ने ५७ वर्षीया ज्यामो हिसे छमो ग्याल्मो र चितवनको भरतपुर महानगरपालिका–२५ का ७२ वर्षीय हिमलाल न्यौपानेको मृत्यु भएको हो।

प्रहरीका अनुसार घाइते भएका ३१ यात्रुमध्ये उपचारका क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा दुई जना र मध्यबिन्दु जिल्ला अस्पतालमा एक जनाको मृत्यु भएको हो।

बाँकी २८ जनाको हाल भरतपुर र नवलपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको नवलपरासी प्रहरीले जनाएको छ।

बुटवलबाट नारायणगढका लागि छुटेको ना ५ ख ७००० नम्बरको बस शनिबार साँझ आफैं अनियन्त्रित भई दाउन्नेमा भीरबाट खसेको हो।

Recent Comments

No comments to show.