काठमाडौं महानगरका विद्यालयमा कसैलाई कोरोना सङ्क्रमण भए एक हप्ताका लागि बन्द हुने

काठमाडौं महानगरका विद्यालयमा कसैलाई कोरोना सङ्क्रमण भए एक हप्ताका लागि बन्द हुने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। काठमाडौं महानगर पालिकाले विद्यार्थी वा शिक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका विद्यालय एक साता बन्द गर्न अनुरोध गरेको छ ।
शुक्रबार महानगरपालिकाले महानगर भित्रका सबै विद्यालयलाई पत्र लेख्दै कुनै विद्यालयका शिक्षक विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाईए एकहप्ता विद्यालय बन्द गर्न अनुरोध गरेको हो ।
यस्तो बेला बैकल्पिक माध्यमबाट शिक्षण सिकाई गर्न गराउन र त्यस्तो अवस्था नभएमा सामाजिक दुरी कायम गर्ने, मास्क अनिवार्य
प्रयोग गर्ने तथा साबुन पानीले राम्रोसंग हात धुने र स्यानिटाईजर प्रयोग गरी अभिभावकहरु समेतको सहमतिमा स्कूल संचालन गर्न अनुरोध गरेको छ।
स्वास्थ्य मन्त्रालयले बिहिबार १४ जिल्लालाई कोरोनाबाट अति प्रभावित जिल्लामा राख्दै उच्च सतर्कता अपनाउन अपिल गरेको थियो ।
सहप्रवक्ता डा. समीरकुमार अधिकारीले एक अपिल जारी गर्दै विशेष गरी बालबालिका, युवा वर्गमा संक्रमण तथा मृत्यु बढ्दो गतिमा रहेको भन्दै स्कुलसहितका भीडभाड हुने स्थानमा सहभागी नहुन आग्रह गरेसँगै महानगरले उक्त सूचना निकालेको हो ।
मन्त्रालयको विज्ञप्तिमा काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङ जिल्लालाई अति संवेदनशील मानेको छ।

Recent Comments

No comments to show.