बैंकको कर्जा लगानी आक्रामक, चैतमा मात्रै १ खर्ब ६१ अर्ब कर्जा प्रवाह

बैंकको कर्जा लगानी आक्रामक, चैतमा मात्रै १ खर्ब ६१ अर्ब कर्जा प्रवाह

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पछिल्लो समय बाणिज्य बैंकहरु कर्जा लगानीमा आक्रामक देखिएका छन् । आर्थिक गतिविधि बढ्दै जाँदा वाणिज्य बैंकहरुले एक महिनामा १ खर्ब ६१ अर्ब ९९ करोड रुपैयाँ कर्जा विस्तार गरेका छन् ।

बैंकहरुको कुल कर्जा लगानी चैतसम्म ३५ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । चैत ३१ गतेसम्ममा वाणिज्य बैंकहरुले ३९ खर्ब ४४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छन् ।

बैंकहरुले चैत महिनामा मात्रै निक्षेप भन्दा ४४ अर्ब बढी कर्जा विस्तार गरेको नेपाल बैंकर्स संघले जनाएको छ । पछिल्ला दिनहरुमा आयातमा आएको वृद्धि र शेयर तथा घरजग्गाको कारोबारमा आएको उत्साहले बैंकहरुमा कर्जाको माग बढेको हो ।

लकडाउनका कारण कर्जा लगानी नहुँदा बजारमा अधिक तरलता रहेको अवस्थामा पछिल्लो समय बैंकहरुको कर्जा लगानी बढ्न थालेको छ। यस सँगै बजारमा रहेकाे अधिक तरलता पनि विस्तारै कम हुँदै जाने छ।

वाणिज्य बैंकहरुले पछिल्लो समय विकास बैंक तथा अन्य वित्तीय संस्थाहरुको कर्जा स्वाप गरिरहेको चर्चा चल्न थालेको छ। बजारमा तरलता पर्याप्त हुँदा बैंकहरुले ब्याजदर घटाउन थालेका छन्।

ब्याजदर एकल अंकमा झर्न थालेसँगै सहकारी विकास बैंक लघुवित्त तथा अन्य क्षेत्रबाट कर्जा लिनेहरु पनि बैंकमा पुग्न थालेका हुन्।

वाणिज्य बैंकहरु पनि बैंकमा पैसा थुपारेर राख्नु भन्दा मार्केटिङ गरिरहेका छन्। आयात निर्यात बिस्तारै सहज हुदै जादा बैंकिङ कर्जा बढिरहेको छ। घरजग्गा तथा सेयर कारोबारमा बैंकको लगानी अस्वभाविक रुपमा गैरहेको नेपाल राष्ट्र बैंकको निष्कर्ष छ।

Recent Comments

No comments to show.