काठमाडौँ । बङ्गलादेशको प्रतिष्ठित ब्राण्ड रनर मोटरसाइकलले नेपाली नयाँ वर्षलाई लक्षित गरी ‘नयाँ वर्ष नयाँ डिस्काउन्ट अफर’ ल्याएको छ । लामो कोरोना कहरपछि केही सामान्य हुँदै आएको नेपाली अटो बजारलाई थप उर्जा प्रदान गर्न रमण मोटर्सले प्रत्येक रनर मोटर साइकलको खरिदमा सिधैँ नगद २१ हजार रुपैयाँ छुट दिने भएको हो ।
यति मात्र नभई प्रत्येक मोटरसाइकलको खरिदमा २० फ्रि सभ्रिसिङ्गका साथै सर्वाधिक ६ वर्षसम्मको वारेन्टी दिने भएको छ । साथै कुनै पनि पुरानो मोटर साइकलको एक्स्चेन्ज गर्दा ३० हजार न्यूनतम् मूल्याङ्कन गरिने छ ।
हाल रमन मोटर्सले जम्मा १ लाख १० हजार रुपैयाँ पर्ने कम मूल्यका ८० सिसि देखि २०० सि सिसम्मका प्रिमियम मोटरसाइकल तथा स्कुटर विक्री गर्दै आएको छ ।
कम्ंपनीका बिजनेस डेभलेप्मेन्ट हेड सन्तोष न्यौपानेले पछिल्लो समय रनर मोटरसाइकलको बजार बढ्दै गएको बताउछन् । पछिल्लो समय ग्राहकले रनरका सबैजसो मोडलमा रुचि राखेका छन् भने रनर हक २०० सिसिको अफ रोड मोटर साइकललाई अत्याधिक मन पराइएको न्यौपानेको दाबी छ ।
प्रतिक्रिया