महानिरीक्षक थापा भन्छन् – प्रहरी संगठनको नतिजा कार्यसम्पादनतर्फ उन्मुख हुनुपर्छ

महानिरीक्षक थापा भन्छन् – प्रहरी संगठनको नतिजा कार्यसम्पादनतर्फ उन्मुख हुनुपर्छ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरी संगठनले अंगिकार गरेका नीति तथा कार्य-योजनाहरुको कार्यान्वयन गरी नतिजामुखी कार्यसम्पादनतर्फ उन्मुख हुनुपर्ने बताएका छन्। 

नेपाल सरकार गृह मन्त्रालय र गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आयोजित २ दिने सुरक्षा गोष्ठीमा सहभागी प्रदेश अन्तर्गतका प्रहरी कार्यालयका प्रमुखहरुलाई सोमबार निर्देशन सम्बोधन गर्दै क्षेत्रीले उक्त कुरा बताएका हुन्।

उनले सांगठनीक मुल्य मान्यताहरुको विपरित रहि आफ्नो निजी स्वार्थ सिद्ध गर्न कुनैपनि आर्थिक अपार्दशिताका गतिविधिहरु नगर्न समेत आग्रह गरे। 

आइजीपी थापा क्षेत्रीले महिला, बालबालिका तथा जेष्ठ नागरिक विरुद्धका अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरी उच्च संवेदनशील रहि पीडितलाई प्रहरी सेवाको सकरात्मक सेवाभाव महशुस हुने गरी कार्यसम्पादन गर्न समेत निर्देशन दिए ।  

कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआइजी) घनश्याम अर्यालले समग्र प्रदेश अन्तर्गतको शान्ति सुव्यवस्था, अपराध अनुसन्धान लगायतका विषयमा जानकारी दिएका थिए। 

Recent Comments

No comments to show.