काठमाडौ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी न्युन चापीय रेखाको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागहरुमा आंशिक बदली रहेको छ र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । देशका धेरै स्थानहरूमा तुँवालो रहेको पनि महाशाखाको भनाइ छ ।
महाशाखाले मंगलबार दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहने पूर्वानुमान गरेको छ । पहाडी भूभागका एकदुई स्थानमा अपरान्ह पछि मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । यस्तै तुवाँलोको असर पनि रहने छ।
यस्तै राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
यस्तो छ तीन दिनको पूर्वानुमान
चैत्र ३१ गते (मंगलवार
दिउँसो: देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ । पहाडी भू-भागका एक-दुई स्थानमा अपरान्ह पछि मेघगर्जन/चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका केही भू-भागमा तुँवालोको असर रहने छ ।
राति : देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
२०७८ बैशाख १ गते (बुधबार)
दिउँसो: सुदूरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पहाडी भू-भागका एक-दुई स्थानमा अपरान्हपछि मेघगर्जन/चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका केही भू-भागमा तुँवालोको असर रहने छ ।
राति : देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
२०७८ बैशाख २ गते (बिहीबार)
दिउँसो: देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पहाडी भू-भागका एक-दुई स्थानमा अपरान्हपछि मेघगर्जन/चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका केही भू-भागमा तुँवालोको असर रहने छ।
राति : देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
प्रतिक्रिया