नेपालमा गैंडाको संख्या ७५२ पुग्यो, ६ वर्षमा १०७ थपिए

नेपालमा गैंडाको संख्या ७५२ पुग्यो, ६ वर्षमा १०७ थपिए

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा एकसिंगे गैंडाको संख्या बढेको छ ।

चितवन राष्ट्रिय निकुञ्जसहित गैंडा पाइने देशका विभिन्न निकुञ्जमा ६ वर्षपछि भएको गणनामा गैंडाको संख्या ७ सय ५२ पुगेको हो ।

सन् २०१५ को गणनामा नेपालमा ६ सय ४५ वटा गैंडा थिए ।

गैंडा गणना २०७७ अनुसार चितवनमा गैंडाको संख्या ६ सय ९४, शुक्लाफाटामा १७ वटा, बर्दियामा ३८ वटा र पर्सामा ३ वटा गैंडा रहेको प्रकृति संरक्षण कोषले जानकारी गराएको छ ।

गैंडा गणनामा दुई सय जनाजति कर्मचारी, प्राविधिक र पशु स्वास्थ्यकर्मीहरू जुटेका थिए ।

यस वर्ष गैंडा गणनाका क्रममा एक जना गणकको बाघको आक्रमणबाट मृत्यु भएको थियो भने एक जना गम्भीर घाइते भएका छन् ।

चैत २० गते चितवन राष्ट्रिय निकुञ्जभित्र पश्‍चिम क्षेत्रको गैंडा खासा इलाकामा गणना भइरहँदा गैंडा गणनामा परिचालन गरिएका हात्तीहरुलाई जंगली हात्तीले लखेट्दा भएको भागदौडमा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा कार्यरत संरक्षण अधिकृत विनोद श्रेष्ठ घाइते भएका छन् ।

त्यसैगरी चैत २२ गते बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडा गणनामा खटिएर ठाकुरद्वारा फर्कने क्रममा ३१ वर्षीय पुलिसराम थारुलाई बाघले आक्रमण गरेको थियो । थारुको बाघले आक्रमण गरेपछि मृत्यु भएको थियो ।

Recent Comments

No comments to show.