नविल बैंकले ल्यायो प्रविधिमैत्री Nabil Gen- N एक बचत खाता, केके छन् सुविधा ?

नविल बैंकले ल्यायो प्रविधिमैत्री Nabil Gen- N एक बचत खाता, केके छन् सुविधा ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ  ।  नबिल बैंक लिमिटेडले प्रविधिमैत्री “Nabil Gen- N” ल्याएको छ । सम्पूर्ण देश नै कोरोनाको कहरमा गुज्रिरहेको अवस्थामा बैंकले ग्राहकहरूको माग तथा समय सापेक्ष सेवा दिने हेतुले सो खाता ल्याएको हो ।

“Nabil Gen- N” नयाँ सोच र नयाँ जोस बोकेका प्रबिधिमैत्री व्यक्तिहरुलाई लक्षित गरिएको बैंकले जनाएको छ । 

उक्त योजनाले डिजिटल बैंकिङ्गमा नयाँ युगको सुरुवात गरिएको नबिल बैंक बिश्वस्त छ ।  यसमा एनटिसी÷एनसेल टुजिबी डाटा प्याकेजको विशेष सुविधाका साथै थुप्रै प्रबिधिमैत्री सेवाहरू मोवाइल बैंकिङ, निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड जारी गरिएको छ । 

हाम्रो यस बचत खाताको लोकप्रियताका कारण बजारमा यसै प्रकारका खाताहरू सञ्चालनमा आएको हुनाले मिल्दो जुल्दो नाममा नझुक्की “Nabil Gen- N” खोली यस खाताको लाभ लिई ढुक्क हुन सक्नुहुनेछ ।

साथै कोरोनाको असहज परिस्थितिका बावजुद यस बचत खाता सञ्चालनमा आएको एक वर्ष नपुग्दै १ लाख भन्दा बढी ग्राहकहरुलाई समाहित गर्न पाउदा गौरवान्वित भएको बैंकले जनाएको छ । बैंकले आफ्ना ग्राहकहरूलाई धन्यवादसमेत ज्ञापन गरेको छ ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरूलाई समायानुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ११९ शाखा, १८५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको इतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ । यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ्ग युगको शुरूवात गर्नेतर्फ केन्द्रित रहेको छ ।  

Recent Comments

No comments to show.