निफ्राको प्रमोटर सेयर होल्डर इमर्जिङ नेपालको आइपीओ आउँदै

निफ्राको प्रमोटर सेयर होल्डर इमर्जिङ नेपालको आइपीओ आउँदै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले प्राथमिक साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता साधारण सेयर विक्री गर्न लागेको हो ।

कम्पनीले आइपीओ निष्काशनका लागि एनआइसी एशिया क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धक नियुक्त गरेको छ ।

इमर्जिङ नेपाल विभिन्न क्षेत्रमा लगानी गर्ने कम्पनी हो । यसले नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा समेत प्रमोटर सेयर होल्डरको रुपमा लगानी गरेको छ । निफ्रामा इमर्जिङको २५ करोड रुपैयाँ लगानी छ ।

Recent Comments

No comments to show.