गच्छदारको काठमाडौंस्थित ठेगानामा म्याद जारी हुने

गच्छदारको काठमाडौंस्थित ठेगानामा म्याद जारी हुने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। स्थायी ठेगानामा पठाएको म्याद नबुझेपछि कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई काठमाडौंस्थित ठेगानामा म्याद तामेल गर्न विशेष अदालतले आदेश दिएको छ ।

ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न भूमिका निर्वाह गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेषमा दायर गरेको मुद्दाका लागि गच्छदारको स्थायी ठेगानामा म्याद तामेल भए पनि उनले बुझेका थिएनन् ।

स्थायी ठेगानामा पठाएको म्याद नबुझेपछि अदालतले उनको काठमाडौंस्थित निवासमा म्याद तामेल गर्न आदेश दिएको हो ।

मुद्दा दायर भएपछि १४ महिना नाघ्दासमेत उनी अदालतमा उपस्थित नभएको र म्याद बुझ्नै नमानेपछि अदालतका कर्मचारीले २३ फागुनमा उनको स्थायी वतन सुनसरीस्थित घरमै पुगेर एक महिनाभित्र उपस्थित हुने म्याद टाँसेका थिए ।

तर, यस अवधिमा पनि उनी अदालत नपुगेपछि विशेष अदालतबाट गच्छदारको काठमाडौंस्थित घरमा म्याद टाँस्ने आदेश भएको हो ।

शुक्रबार विशेषका अध्यक्ष प्रेमराज कार्की र बालेन्द्र रूपाखेतीको इजलासले काठमाडौंस्थित ठेगानामा म्याद तामेल गर्न आदेश दिएको हो ।

Recent Comments

No comments to show.