नागस्थानमा नयाँ ट्राफिक लाइट, एसएसपी भट्टराई र सिइओ श्रेष्ठले गरे उद्घाटन

नागस्थानमा नयाँ ट्राफिक लाइट, एसएसपी भट्टराई र सिइओ श्रेष्ठले गरे उद्घाटन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले राष्ट्रिय वाणिज्य बैंकसँग समन्वय गरी नागस्थानमा नयाँ ट्राफिक लाईट जडान गरी आजदेखि सञ्चालनमा ल्याएको छ  । पैदलयात्रुलाई सहज रुपमा सडक प्रयोग गर्न र सवारी दुर्घटना न्युनीकरणकाको उद्देश्यका साथ महाशाखाले राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा ट्राफिक लाइट जडान गरेको हो । 

जडान गरिएको ट्राफिक लाइट महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले स्वीच अन गरेर संयुक्त रूपमा उद्‍घाटन गरेका छन् । 

लाइट उद्घाटन कार्यक्रममा ट्राफिक व्यवस्थापनमा प्रविधिको प्रयोग गरी आवागमनमा सहजता ल्याउन चोक चोकमा ट्राफिक लाइट जडान गर्ने कार्यलाई तीव्रता दिइँदै आएको भट्टराईले बताए । 

प्रविधिमार्फत ट्राफिक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरुको आवागमनमा सहजता आउनुको साथै सडक अनुशासन कायम गर्न र दुर्घटना न्युनिकरण समेत हुने प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईको भनाइ छ । 

‘ट्राफिक व्यवस्थापनलाई प्रविधितर्फ लग्न प्रयासरत छौं । यसको लागि सरकारी निकायका साथै बैंक तथा वित्तीय संघसंस्थाहरुसँग समन्वय एवम् सहकार्यलाई निरन्तरता दिँदै विभिन्न चोकहरुमा एकपछि अर्को ट्राफिक लाइट जडान भइरहेका छन् । त्यसैको परिणाम स्वरुप राष्ट्रिय वाणिज्य बैंकको सहयोगमा आजदेखि नागस्थानमा लाईट जडान सञ्चालनमा ल्याउन सफल भएको हो,’ भट्टराईले भने ।  

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न क्षेत्रमा सहयोगपूर्ण कार्य गरिरहेको र यसैअनुसार महाहाखाको समन्वयमा राखिएको ट्राफिक लाइटले सडक दुर्घटना न्यनीकरण र यातायातको सहज आवागमनमा भूमिका खेल्ने बताए ।  

श्रेष्ठले काठमाडौं उपत्यकामा भइरहेको सवारी चाप, सडक दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिनुपर्ने र सहकार्यको लागि आफूहरु सदैव तत्पर रहेको विश्वास व्यक्त गरे । 

 कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिका वडा नं २२ का अध्यक्ष चिनकाजी महर्जनले पछिल्ला दिनहरुमा महाशाखाले विभिन्न निकायहरुसँग सहकार्य गरी चोक चोकमा प्रविधियुक्त ट्राफिक लाइट जडान गरी सडक दुर्घटना न्युनीकरण र सहज यातयात आवागमनमा टेवा पुर्याएको बताए ।

Recent Comments

No comments to show.