बेलायती महारानीका पति राजकुमार फिलिपको निधन

बेलायती महारानीका पति राजकुमार फिलिपको निधन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लन्डन । बेलायती महारानी एलिजाबेथ द्वितीयका पति राजकुमार फिलिपको निधन भएको छ।

९९ वर्षको उमेरमा राजकुमार फिलिपको निधन भएको बकिङ्घम  दरबारले जनाएको छ। बकिंघम दरबारले विज्ञप्ति जारी गर्दै शुक्रबार बिहान विन्डसर क्यासलमा निधन भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘महारानीका प्रिय पति प्रिन्स फिलिप, ड्यूक अफ एडिनवर्गको मृत्युको घोषणा गर्नु भएको छ, यसमा दरबारले दुःख व्यक्त गर्छ ।’ मार्च महिनामा मुटुमा समस्याका कारण एक महिना लामाे उपचारपछि राजकुमार फिलिप अस्पतालबाट डिस्चार्ज भएका थिए ।  

फिलिपको महारानी एलिजाबेथ द्धितीयसँग सन् १९४७ मा विवाह भएको थियो । उनीहरुका चार सन्तान, ८ नातिनातिना र १० पनाति छन् । 

Recent Comments

No comments to show.