२५ जनाभन्दा बढी भेला हुन रोक लगाउन स्वास्थ्य मन्त्रालयलको सिफारिस

२५ जनाभन्दा बढी भेला हुन रोक लगाउन स्वास्थ्य मन्त्रालयलको सिफारिस

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन सिफारिस गरेको छ ।

कोरोना संक्रमणको दोस्रो लहर आएको भन्दै  मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउनुपर्ने निष्कर्ष निकालेको छ ।

यसबारे कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को आजै बस्ने बैठकले निर्णय गर्न सक्ने छ ।हिजो मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जारि गरेको रात्रीकालीन व्यवसाय तथा रेस्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्ने सूचना उपत्यकाका तीनवटै जिल्लाका सीडीओ र पर्यटन बोर्डका सीईओ समेतको आकस्मिक बैठकले खारेज भएको थियो ।

आज भने मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)लाई उक्त निष्कर्ष सिफारिसको लागि पठाउने भएको हो  ।

Recent Comments

No comments to show.