चालीस हजार घूससहित एक प्रहरी कर्मचारी पक्राउ

चालीस हजार घूससहित एक प्रहरी कर्मचारी पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी । अख्तियारको टोलीले ४० हजार घूससहित एक प्रहरी कर्मचारीलाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय, सितागञ्ज सुनसरीमा कार्यरत प्रहरी जवान कासिन्दर यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको हो।  

इलाका प्रहरी कार्यालय सितागञ्जमा परेको उजुरी मिलाई दिने प्रयोजनका लागि सेवाग्राहीसँग उनले सो घूस मागेको उजुरीको आधारमा अख्तियारको कार्यालय इटहरीबाट खटिएको टोलीले यादवलाई पक्राउ गरेको हो।  

उनले रकम लिइसकेको अवस्थामा विराटनगर महानगरपालिका वडा नं ४ स्थित नोबेल मेडिकल कलेजको गेट नजिकबाट उक्त रकमसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 

Recent Comments

No comments to show.