अस्पतालमा लापरवाही भए यी नम्बरमा फोन गरौँ

अस्पतालमा लापरवाही भए यी नम्बरमा फोन गरौँ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले सेवाग्राही सर्वसाधारणलाई सेवा प्रवाह गर्ने क्रममा कुनै समस्या भए तत्काल समाधान गर्ने भएको छ ।

बिहीबार सूचना प्रकाशित गरी मन्त्रालयले ‘कुनै पनि स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा प्रवाह गर्ने क्रममा सेवाग्राही सर्वसाधारणलाई कुनै समस्य भए वा स्वास्थ्यकर्मीबाट कुनै त्रुटी भएमा’ सम्पर्कका लागि स्वास्थ्य मन्त्रालयको हटलाइन नम्बर र इमेल सार्वजिनक गरेको हो।

मन्त्रालयका अनुसार हटलाइन नं ११३३ मा बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म गुनासो टिपाउन सकिन्छ भने इमेल ([email protected]) मा पनि सम्पर्क गर्न सकिनेछ।

प्राप्त गुनासाहरुप्रति मन्त्रालयले गम्भीर रुपमा समन्वय गर्दै गुणतरीय सेवा प्रदान हुने व्यवस्था गर्ने साथै सम्बन्धीत निकायहरुसँगको समन्वयमा छानबिन गरी सेवा प्रदायक व्यक्ति वा संस्था दोषी पाइएमा प्रचलित नियमानुसार आवश्यक कारबाही गरिने पनि मन्त्रालयले जनाएको छ ।

Recent Comments

No comments to show.