महानिरीक्षक थापा भन्छन् – संक्रमण रोकथाममा प्रहरी अस्पतालको भूमिका प्रशंसायोग्य छ

महानिरीक्षक थापा भन्छन् – संक्रमण रोकथाममा प्रहरी अस्पतालको भूमिका प्रशंसायोग्य छ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कोभिड-१९ ‘संक्रमण नियन्त्रणमा नेपाल प्रहरी अस्पतालले खेलेको भूमिका प्रशंसायोग्य रहेको बताएका छन् । 

नेपाल प्रहरी अस्पताल महाराजगञ्जको ३७औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै क्षेत्रीले ‘संक्रमणका बेला प्रहरी अस्पतालले देखाएको लगन र निष्ठा उल्लेखनीय रहेको र आगामी दिनमा थप सतर्क र लगनशील भएर काम गर्न चिकित्सक तथा कर्मचारीलाई निर्देशन दिए । 

नेपाल प्रहरी अस्पतालबाट शुभारम्भ भएका नयाँ सेवा कार्यान्यवनमा सदैव निरन्तर र दीर्घकालीन हुनुपर्नेमा उनको जोड थियो । 

नेपाल प्रहरी अस्पतालको सहयोगका लागि प्रहरी प्रधान कार्यालय प्रतिबद्ध रहेको उनले बताए । नेपाल प्रहरी अस्पताललाई अहिलेको अवस्थामा ल्याउन पूर्वमहानिरीक्षकले निर्वाह गरेको योगदानको पनि उनले प्रशंसा गरे । 

समारोहमा उनले अस्पतालको बील तथा रिपोर्टका लागि अनलाइन सुविधा लिन सकिने प्याटियन्ट पार्टलको उद्घाटन पनि गरे । 

उनले पूर्वप्रहरी तथा बहालवाला प्रहरी परिवारको उपचारको लागि प्रहरी कल्याण कोषमार्फत आएको रु दुई करोड अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंहलाई हस्तान्तरण गरे । 

अस्पतालका निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंहले स्वास्थ्य क्षेत्रमा आएका नवीनतम् प्रविधि र पद्धतिलाई अङ्गिकार गरी स्वस्थ वातावरण तथा बिरामीमैत्री सेवा प्रदान गर्न सदैव प्रयासरत रहेको जानकारी दिए । 

समारोहमा अस्पतालको विविध गतिविधि र स्वास्थ्यमूलक लेख समेटेर प्रकाशन गरिएको वार्षिक स्मारिका ‘अस्पताल दर्पण २०७७’ र नेपाल मेडिकल जर्नलको लोकार्पण गरिएको थियो । 

अस्पतालको सेवा प्रवाहमा योगदान गर्दै २५ वर्षसम्म सेवा गर्ने प्रहरी कर्मचारीलाई कदरपत्र तथा अस्पतालको सेवा प्रवाहमा महत्वपूर्ण योगदान पुर्याउने महानगरीय सशस्त्र प्रहरी गण महाराजगञ्ज र संघ संस्थालाई प्रशंसापत्र प्रदान गरियो । 

Recent Comments

No comments to show.