एमालेमा गएका चार माओवादी मन्त्रीको सांसद पद रिक्त

एमालेमा गएका चार माओवादी मन्त्रीको सांसद पद रिक्त

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा माओवादी केन्द्रले कारबाही गरेका चारजना सांसदको पद रिक्त भएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नि सापकोटाले यसको जानकारी गराएका छन् ।

राजनीतिक दल सम्बन्धी ऐनको आधारमा माओवादी केन्द्रले गरेको संघीय संसद सचिवालयलाई जानकारी गराएको सूचनालाई सभामुखले जानकारी गराएका छन् ।

माओवादी केन्द्रले एमालेमा प्रवेश गरेका मन्त्रीहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई कारबाही गरेको निर्णय सचिवालयमा बुझाई सकेको छ ।

नेकपा विभाजनको बेला केपी ओली पक्षमा लागेका यी नेताहरू सर्वोच्च अदालतले एमाले र माओवादीलाई ०७५ जेठ २ कै अवस्थामा पुर्याएपछि समेत ओलीको साथ नछाड्ने भन्दै यी सांसद एमालेमा बसेका थिए । 

Recent Comments

No comments to show.