सिंगटी हाइड्रो इनर्जीको आईपीओ शुक्रबार बाँडफाँड हुँदै, साढे १३ लाख बढिको हात रित्तो

सिंगटी हाइड्रो इनर्जीको आईपीओ शुक्रबार बाँडफाँड हुँदै, साढे १३ लाख बढिको हात रित्तो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड शुक्रबार गरिने भएको छ । 

बिक्रि प्रबन्धक मेगा क्यापिटलले चैत्र २७ गते आइपीओ बाँडफाँड गर्ने तयारी गरेको हो । साँझ ५ बजे क्यापिटलकै कार्यालयमा शेयर बाँडफाँड हुने क्यापिटलले जनाएको छ ।

क्यापिटलले मेरोशेयरमा पटक पटक समस्या आएकोले आइपीओमा बाँडफाँडमा ढिलाई भएको जनाएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २९ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमा २ प्रतिशत अर्थात ५८ हजार कित्ता सेयर कर्मचारीका लागि, ५ प्रतिशत आर्थात १ लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषहरु र बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारणलाई छुट्याएको छ ।

कम्पनीको आईपीओमा १६ लाख २४ हजार ४८३ जनाले आवेदन दिएका छन् । आवेदन दिएका आवेदकहरुले २ करोड ४५ लाख १६ हजार ६ सय कित्ता खरिदका कुल २ अर्ब ४५ करोड १६ लाख ६६ हजार रुपैयाँ संकलन भएको छ । यो माग गरेकोभन्दा ९।०९ गुणा बढी हो ।

कम्पनीको आईपीआमा मागभन्दा बढि आवेदन परेकाले गोलाप्रथा विधिद्वारा बाँडफाँड गरिने छ । गोलाप्रथाबाट बाँडफाँड गर्दा कम्पनीको आईपीओ २ लाख ६९ हजार ७ सय जनाले मात्रै पाउने छन् । भने १३ लाख ५० हजार भन्दा बढि लगानीकर्ताको हात खालि हुने छ ।

Recent Comments

No comments to show.