काठमाडौं । कोरोनाभाइरसको महामारी बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० बुँदे निर्देशन जारी गरेकाे छ ।
कोरोनाभाइरसको बढ्दो संक्रमण तथा बेलायत भेरियन्टको बढ्दो संख्यालाई मध्यनजर गर्दै मन्चालयले सतर्कता अपनाउन अनुरोध गरेको हो ।
निर्देशन जारी गर्दै मन्त्रालयले रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्ने, भिडभाड हुने स्थानहरू विद्यालय, पार्टी प्यालेस, सिनेमाहल, हेल्थ क्लब, मन्दिर एवं धार्मिक स्थल लगायत सार्वजनिक यातायातहरूमा स्वस्थ मापदण्ड कडाइका साथ लागु गर्न भनिएकाे छ ।
मन्त्रालयले १० बुँदे निर्णय गर्दै उक्त निर्णयहरु पालना गर्न/गराउन अनुरोध गरेको छ । ठूला शहरहरुमा ५ सयभन्दा बढी र साना शहरहरुमा एक सयभन्दा बढी सक्रिय संक्रमित देखिएको खण्डमा ती स्थानमा आवागमनमा कडाइ गर्न पनि मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि जनस्वास्थ्य मापदण्डको उल्लंघन र कोरोनाको बढ्दो दरलाई मध्यनजर गर्दै मन्त्रालयले रात्रिकालीन व्यवसाय कडाइका साथ बन्द गराउन आग्रह गरेको हो ।
प्रतिक्रिया