एनसीसी बैंकका ग्राहकले आगन्तुक रिसोर्टमा १५ प्रतिशत छुट पाउने

एनसीसी बैंकका ग्राहकले आगन्तुक रिसोर्टमा १५ प्रतिशत छुट पाउने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एनसीसी बैंक र काभ्रेको बनेपास्थित आगन्तुक रिसोर्टबीच विभिन्न आकर्षक छुट सुविधा प्याकेजहरुमा सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ्गका ग्राहक र बैंकका कर्मचारीहरुलाई रिसोर्टमा उपलब्ध विभिन्न सेवाहरुमा विशेष छुट पाउने भएका हुन् ।

बैंकका ग्राहकले रिसोर्टले फुड एण्ड बेभरेजमा १५ प्रतिशत, स्वीमिङ पुलमा १० प्रतिशत, हेल्थ क्लब मेम्बरसिपमा १० प्रतिशत, बर्थडे केकमा १५ प्रतिशत, सौना जाकुज्जीमा १५ प्रतिशत र फुड स्टलमा १० प्रतिशत छुट उपलब्ध गराउनेछ ।

बैंकले हाल देशभरका १२८ शाखा, ८ वटा एक्स्टेन्सन काउन्टर र १०७ वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Recent Comments

No comments to show.