काठमाडौं । नेपालका एक मात्र अर्वपति विनोद चौधरीको स्थान विश्वमा यो पटक खस्किएको छ ।
फोर्ब्सले सार्वजनिक सूची अनुसार चौधरी गतवर्ष १५१३ स्थानमा रहेकोमा यो वर्ष २१४१ औं स्थानमा रहेका छन् ।
दुई वर्ष लगातार उनको वार्षिक सम्पत्ति १.४ अर्ब अमेरिकी डलर रहेको छ । सन् २०१९ मा उनको सम्पत्ति बढेर १.७ अर्ब डलर पुगेको थियो । सन् २०१७ बाट उनको सम्पत्ति बढ्न थालेको थियो । तर दुई वर्षयता उनको अर्बपति सूचीको स्थान खस्किँदो रहेको फोब्र्सको प्रक्षेपण छ ।
विश्वव्यापी महामारी (कोभिड-१९) का कारण उनका विभिन्न कारखाना र उद्योगमा उत्पादनको मात्रा र बजारको क्षेत्र साँघुरिएपछि उनको सम्पत्तिमा उल्लेख्य वृद्धि हुन नसकेको देखिएको छ ।
फोर्ब्सको सूचीमा प्रवेश हुँदला उनको सम्पतति एक अर्ब अमेरिकी डलर थियो । सन् २०१५ सम्ममा उनले आफ्नो सम्पत्ति १.३ अर्ब पुर्याइसकेका थिए ।
तर भुकम्प र नाकाबन्दीले सन् २०१६ मा उनको सम्पत्ति घटेर १.१ अर्ब डलरमा पुग्यो। तर, त्यसपछिका वर्षहरूमा उनले सम्पत्ति र आयस्रोतमा वद्धि गराउँदै लगे ।
६५ वर्षे चौधरी सिजी कर्प ग्लोबलका सञ्चालक हुन् । नेपालमा उनको नबिल बैंक र सिजी फुडमा ठूलो लगानी छ । चौधरीले सन् २०१३ मा पहिलोपटक फोर्ब्सको विश्वका अर्बपतिहरूको सूचीमा प्रवेश गरेका थिए ।
प्रतिक्रिया