एमाले प्रवेश गरेका व्यवसायी किशोर प्रधानलाई दुई सातामै सरकारी नियुक्ति

एमाले प्रवेश गरेका व्यवसायी किशोर प्रधानलाई दुई सातामै सरकारी नियुक्ति

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष एवं व्यवसायी किशोर प्रधानलाई नेपाल वायुसेवा निगमको सन्चालकमा नियुक्ति गरेको छ ।

आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मोरङका किशोरकुमार प्रधानलाई निगमको सञ्चालकमा नियुक्त गरेको मन्त्री ढकालको सचिवालयले जानकारी दिएको छ।

नेपाल वायुसेवा निगमको नियम बमोजिम प्रधानलाई निगमको सञ्चालकमा नियुक्त गरिएको सचिवालयले जानकारी गराएको छ । उनको कार्यकाल ४ वर्षको हुनेछ ।

व्यवसायी प्रधान गत चैत ६ मा नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेमा प्रवेश गरेका थिए । उनलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेमा स्वागत गरेका थिए ।

सरकारले प्रधानलाई एमाले प्रवेश गरेको १८ दिनमै नियुक्ति दिएको हो।

Recent Comments

No comments to show.