दीलिप कुमार झाकाे नेतृत्वमा लोकतान्त्रिक गठबन्धनकाे प्यानल सार्वजनिक

दीलिप कुमार झाकाे नेतृत्वमा लोकतान्त्रिक गठबन्धनकाे प्यानल सार्वजनिक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । नेपाल इन्जिनियर्स एसोसिएसन (नेईए) को आसन्न ३३ औं कार्य समितिको निर्वाचनमा लोकतान्त्रिक गठबन्धनले आफ्नो प्यानल दर्ता गरेको छ । डेमोक्रेटिक तराई इन्जिनियर्स सोसाइटी, राष्ट्रिय इन्जिनियर्स संघ र नेपाल भ्यालुयर्स एसोसिएसन (एनभीए) बीच बनेकाे  गठबन्धनबाट ई. दिलिपकुमार झाको नेतृत्वमा नेईए निर्वाचनमा जाने पदाधिकारी तथा सदस्यहरुको नाम सोमबार घोषणा भएको एनभिएका अध्यक्ष इ‍ ऋषि काेइरालाले जानकारी गराएका छन् ।

नेइएकाे आसन्न निर्वाचनमा यस प्यानलबाट उपाध्यक्षमा ई. ऋषि कोइराला, महासचिवमा ई. कृष्णसिंह बस्नेत, उप–महासचिवमा ई. सुधिर गुरागाईं, कोषाध्यक्षमा आ. रमिता श्रेष्ठ र सह–कोषाध्यक्षमा ई. सञ्जय कुमार महतो सहभागि हुनेछन् ।

त्यस्तै, सदस्यहरुमा ई. नविन तिवारी, ई. पराग कायस्थ, आ. लैला श्रेष्ठ, ई. बज्रमान सिंह थापा, ई. रामाशंकर जैशवाल, ई. अञ्जनी कुमार देउजु श्रेष्ठ, ई. डा. भरत मण्डल, ई. डा. ढुण्डीराज दाहाल, ई. प्रजन हडा, ई. लक्ष्मण मण्डल र ई. भोजराज यादव रहेका छन् । बाग्मती प्रदेश केन्द्रीय प्रतिनिधिका लागि ई. सुजितमान राजभण्डारी रहेका छन् ।

त्यस्तै, नेपाल इन्जिनियरिङ काउन्सिलमा प्रतिनिधित्व गर्ने ५ सदस्यमा ई. रत्नेश्वरलाल कर्ण, आ. पुनम शाह, ई. भगतमान सिंह प्रधान, ई. टेकराज बोहरा र ई. रोमी मानन्धर रहेका छन् ।

यो गठबन्धनलाई नेईएका पूर्वअध्यक्ष, पूर्वपदाधिकारी तथा सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)का नेताहरुको साथ रहेको छ ।

Recent Comments

No comments to show.