काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बालुवाटारबाट एकैपटक १ सय ६५ वटा सडकको शिलान्यास गर्देछन् ।
प्रधानमन्त्री ओलीले शनिबार विहान ११ बजे सरकारी निवासबाटै सडक शिलान्यास गर्न लागेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार हरेक निर्वाचन क्षेत्रमा एक–एक वटा दरले सडक शिलान्यास गर्न लागिएको हो । सांसदहरुले स्थानीय पूर्वाधार विकास कार्यक्रममा ठूलो दरमा बजेट माग गरेपछि चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले एक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने गरी कार्यक्रम ल्याएको थियो ।
ओलीले स्वीच थिचेर सडक निर्माणको शुभारम्भ गर्ने बताइएको छ ।
प्रतिक्रिया