काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र विश्व निकेतन स्कुलमा कानुन अध्यानरत विद्यार्थीहरुको सहकार्यमा सडक सुरक्षा सम्बन्धि ‘सडक सचेतना’ अभियानको सुरुवात गरिएको छ ।
महाशाखा र विश्व निकेतन स्कुलको सहकार्यमा आम सर्वसाधारणलाई ट्राफिक नियम सम्बन्धि जनचेतना फैलाउन,सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाई सडक सभ्यता अभिबृद्धि गर्न ,सडक दुर्घटना न्यूनिकरण गर्न र ट्राफिक सचेतना अभिवृद्धिको गर्नको लागि उपत्यकाका विभिन्न ठाउँबाट सांगीतिक डमी अभियान सहितको ‘सडक सचेतना’ अभियानको कार्यक्रम सुरुवात गरिएको हो ।
काठमाडौं उपत्यकामा ४ स्थानहरू थापाथली,रत्नपार्क,पुरानो बसपार्क र पुतलीसडकमा सांगीतिक डमी अभियानको पुन सुरुवात गरिएको छ।
दैनिक विहान ३ घण्टा पिक आवरको समयमा यो कार्यक्रम सञ्चालन गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
उपत्यकाका विभिन्न चोकमा राखिएको डमीमा ट्राफिक नियमसम्बन्धी विभिन्न गीतहरू बजाएर ट्राफिक नियमको बारेमा जानकारी दिइने छ।
गीत सङ्गीत तथा प्लेकार्ड/फ्लेक्स बोर्ड प्रदर्शनका माध्यमबाट ट्राफिक नियम सिकाउँदा चालक र नागरिकले मनमा छिटो र सजिलोसँग लिने तथा त्यसलाई तत्काल व्यवहारमा लागू गर्ने भएकोले यो अभियान शुरू गरिएको महाशाखाका प्रबक्ता एसपी श्याम कृष्ण अधिकारीले बताए ।
त्यस्तै,विश्व निकेतन स्कुलका प्रधानाध्यापक हेरम्बराज कडेले सडक प्रयोगकर्ताहरू सर्वसाधारण र चालकलाई ट्राफिक नियम पालनामा जागरुक बनाउन सडक शिक्षा कार्यक्रमलाई विद्यार्थीले प्रभावकारी तरिकाले संचालन गरि कानुनका विद्यार्थीले कानुनी परिधिभित्र समाजलाई बाधी राख्न महत्त्व भुमिका खेल्ने बताए
प्रतिक्रिया