सिसडोलबासि र महानगरको वार्ता सफल, यस्तो छ सहमति पत्र

सिसडोलबासि र महानगरको वार्ता सफल, यस्तो छ सहमति पत्र

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाले एक हप्ताअघिदेखि नउठाइएको फोहोर आजबाट उठाउने निर्णय गरेको  छ ।

गत शुक्रबारदेखि फोहोर प्रभावित क्षेत्रका स्थानीयले विभिन्न मागसहित फोहर फाल्न नदिएपछि महानगरले उठाउन बन्द गरेको थियो ।

‘स्थानीयको माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि महागनगरले फोहोर उठाउने भएको हो,’ महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले भने।

चैत्र १३ गतेदेखि फोहोरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन संर्घर्ष समिति सिसाडोलका स्थानीयबासीहरूले अव्यवस्थित फोहोर बिसर्जन हुँदा वातावरणमा प्रभाव पर्न गई स्वास्थ्यमा प्रतिकुल असर परेकोले यस अघिका सम्झौताहरू तत्काल कार्यान्वयनको माग राखेका थिए ।

श्रेष्ठले नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेंसी गाउँपालिकाको पूर्वाधार विकासका लागि आगामी आर्थिक वर्षको बजेटमा तीन–तीन करोड व्यवस्था गर्ने, धुनीबेंसी नगरपालिकालाई एम्बुलेन्स खरिद गरिदिने लगायतका विषयमा भएको सहमतिलाई अन्तिम रुप दिई सहमतिमा हस्ताक्षर गर्ने बताए ।

त्यस्तै, सिसडोल ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका विद्यालयहरुलाई पूर्ण शिक्षक दरबन्दि उपलब्ध गराउने, सडक विस्तार गरी कालोपत्रे गर्ने, अस्पताल निर्माण गर्ने, एक घर एक रोजगारीको व्यवस्था गर्ने सम्बन्धमा यसअघि भएका सम्झौताहरू तत्काल कार्यान्वयन गर्नुपर्ने उनीहरूको मागलाई महानगरले सबै माग पू्रा गर्ने भएको छ ।

यस्तो छ महानगर र सिसडोलबासीको सहमति पत्र:



Recent Comments

No comments to show.