काठमाडौं । हुन्डाइका लागि नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो नयाँँ वर्ष योजना ‘यो नयाँँ वर्ष २०७८, हुन्डाई चढौं अघि बढौं’ सार्वजनिक गरेको छ ।
यो योजना अन्तर्गत हुन्डाईको कुनै पनि गाडीको खरिदमा आकर्षक छुट तथा विशेष सुविधाहरु प्राप्त गर्न सकिनेछ । यो योजना अन्तर्गत हरेक खरिदमा ग्राहकले आकर्षक नगद छुट, स्क्रयाच कार्ड मार्फत २० हजारदेखि ७८ हजार रूपैयाँसम्मको अतिरिक्त नगद छुट पाउनेछन ।
साथै, ग्राहकले १५ हजार बराबरको लोयल्टी बोनस, १ लाख रुपैयाँसम्मको एक्स्चेन्ज बोनस तथा १ वर्षको बीमा सुधिा प्राप्त गर्नेछन् । हुन्डाईले आफ्नो सम्पूर्ण गाडीहरुमा ६ वर्षको निःशुल्क सर्भिस तथा ३ वर्षको वारेन्टी सुविधा उपलब्ध गराउँदै आइरहेको छ ।
लक्ष्मी इन्टरकन्टीनेन्टलले नेपाल भरी १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादकमध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडौं ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।
प्रतिक्रिया