आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो एक बजेका लागि बोलाइएको छ । आजको बैठकमा केही प्रतिवेदन पेश गर्नुका साथै शोक प्रस्ताव लैजाने कार्यसूची रहेको छ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, समावेशी आयोगको वार्षिक प्रतिवेदन पेश गर्नेछन् ।

त्यस्तै विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले उक्त समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची पनि छ । सभापति खड्काले नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संसोधन) विद्येयक सम्बन्धी प्रतिवेदन पेश गर्नेछिन् ।

सभामुखले शोक प्रस्ताव पेश गर्ने कार्यसूची पनि आजको बैठकको लागि तय गरिएको छ । पूर्वमन्त्री एवं कांग्रेस नेता नविन्द्रराज जोशीको मस्तिष्कघातका कारण निधन भएकाले सभामुखले शोक प्रस्ताव पेश गर्ने तयारी गरेका हुन् ।

हेर्नुहोस् सम्भावित कार्यसूची :

Recent Comments

No comments to show.