मेगा बैंक र हंसराज कम्पनीबीच सम्झौता, अटो रिक्सा खरिदका लागि सहुलियत कर्जा दिने

मेगा बैंक र हंसराज कम्पनीबीच सम्झौता, अटो रिक्सा खरिदका लागि सहुलियत कर्जा दिने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। मेगा बैंक नेपालले अटोरिक्सा खरिद गरी आफैं सञ्चालन गर्ने चालकहरुका लागि विशेष सुविधा ल्याएको छ।

मेगा बैंक र हंसराज हुलासचन्द एण्ड कम्पनीबीच तीन पांग्रे अटो रिक्सा खरिद गरी आफैं चलाउने चालकहरुका लागि रिक्सा नै धितो राखी कर्जा दिने सम्झौता भएको हो। सम्झौतामा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडका सञ्चालक अभिमन्यु गोल्छाले हस्ताक्षर गरे।

विपन्न तथा न्यून आय भएका रिक्सा चालकहरुलाई उद्यमी बनाउने उद्देश्यले यो सम्झौता गरिएको हो। रिक्सा चालकहरुले आफ्नै स्वामित्वमा तीन पांग्रे अटो रिक्सा खरिद गरी आफैं सञ्चालन गर्नुपर्नेछ। त्यसका लागि सोही रिक्सा धितो राखे पुग्छ।

मेगा बैंककी सीइओ खुञ्जेलीले अटो रिक्सा खरिद गरी आर्थिक उपार्जन गर्न चाहने न्यून आय भएका धेरै भन्दा धेरै व्यक्तिलाई सर्वसुलभ ब्याजदरमा कर्जा उपलब्ध गराइने बताइन।

राष्ट्र बैंकको विपन्न वर्ग कर्जा निर्देशिका तथा बैंकको सरल कर्जा एवं सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही अटो रिक्सा खरिद गरी सञ्चालन गर्न चाहने चालकलाई कर्जा दिने विज्ञप्तिमा उल्लेख छ।

Recent Comments

No comments to show.