त्रिविमा चैत २० गतेसम्म पढाइ नहुने, परीक्षा यथावत

त्रिविमा चैत २० गतेसम्म पढाइ नहुने, परीक्षा यथावत

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले चैत २० गते शुक्रबारसम्म पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । सरकारले वायु प्रदूषणलाई मध्यनजर गरी सबै शैक्षिक संस्था चार दिनका लागि बन्द गर्ने निर्णय लिएपछि त्रिविले पनि पठनपाठन बन्द गर्ने भएको हो ।

त्रिभुवन विश्वविद्यालयका परीक्षा भने जारी रहने त्रिवि रजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले जानकारी दिएको छ ।

‘अस्वाभाविक वातावरणीय परिस्थितिका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्नने भएकोले यस गम्भीर अवस्थालाई दृष्टिगत गरी त्रिभुवन विश्वविद्यालय अन्तर्गतका निकायहरूका नियमित प्रशासनिक कार्यहरू यथावत सञ्चालन हुनेगरी २०७० चैत १७ गतेदेखि २०७० चैत्र २० गरी शुक्रबारसम्म पठनपाठन बन्द गरी विद्यार्थीहरूलाई बिदा दिने निर्णय गरिएको छ,’ महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पूर्वनिर्धारित कार्य तालिकाअनुसार परीक्षा सञ्चालन गरिरहेका त्रिविका निकायहरूले स्वास्थ्य सजगता अपनाउँदै परीक्षाका कार्यक्रमहरू यथावत सञ्चालन गर्न निर्णयानुसार सूचित गरिन्छ ।’

Recent Comments

No comments to show.