आज राति ८ बजेदेखि मेरो शेयरको सेवा अवरुद्ध हुने

आज राति ८ बजेदेखि मेरो शेयरको सेवा अवरुद्ध हुने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। डिजिटल सेयर कारोबारको अनलाइन प्ल्याटफर्म ‘मेरो सेयर’ को सेवा मंगलबार बेलुका केहि समयका लागि अवरुद्ध हुने भएको छ ।

प्राविधिक समस्या समाधान गर्न थप सर्भरहरु जडान गर्नु पर्ने भएकोले सेवा अवरुद्ध हुन लागेको सिडीएस एण्ड क्लियारिङ लिमिटेडले जनाएको हो ।

सिडीएसले मेरो शेयरमा सूचना जारी गर्दै चैत १७ गते बेलुका ८ बजेदेखि केहि समयको लागि सेवा अवरुद्ध हुने हुनाले मंगलबार शेयर कारोबार भई १८ गते राफसाफ भईसक्नु पर्ने कारोबारको हकमा शेयर ट्रान्सफर (ईडिआईएस) गर्ने समय बढाईएको जनाएको छ । जस अनुसार आज बेचिएको शेयरको ईडिआईएस चैत्र १८ गते बिहान १० बजेसम्म गर्न सकिने छ ।

Recent Comments

No comments to show.