वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन

वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनका पुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन भएको छ । उनको ९१ वर्षको उमेरमा सोमबार राति निधन भएको हो।

उनी केही दिनदेखि अस्वस्थ्य भइ पाटन अस्पताल भर्ना थिए । मानन्धरले इमानदार नेताको रुपमा छवि बनाएका थिए।

विसं २००७ मा आफ्नै पिताले किसानलाई दिएको ऋणका तमसुक च्यातेर राजनीति सुरु गरेका मानन्धर २००९ सालदेखि राजनीतिमा प्रवेश गरेका थिए।

मानन्धरको आज पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।

Recent Comments

No comments to show.