काठमाडौं । प्रहरी प्रधान कार्यालयले ९१३ जना प्रहरी जवानलाई प्रहरी हवल्दार पदमा बढुवा तथा पदस्थापना गरेको छ।
प्रहरी उपरीक्षकको मिति २०७७र१२र१३ गतेको निर्णयानुसार जनपद प्रहरी समूहतर्फका ९१३ जना प्रहरी जवान पदबाट प्रहरी हवल्दार पदमा बढुवा भएका हुन् ।
प्रहरी प्रधान कार्यालयको मानवश्रोत एवं प्रशासन विभाग अन्तर्गतको कर्मचारी प्रशासन शाखाले बढुवा भएका प्रहरीहरुलाई दज्र्यानी चिन्हद्वारा सु–शोभन गराउन सम्बन्धित कार्यालयहरुलाई अनुरोध समेत गरेको छ ।
प्रतिक्रिया