काठमाडौं । नेपालले काठमाडौंमा सञ्चालित थ्री नेसन्स कप फुटबलको उपाधि जितेको छ । सोमबार साँझ दशरथ रंगशालामा बंगलादेशलाई २–१ ले पराजित गर्दै नेपालले घरेलु मैदानमा उपाधि उचालेको हो।
सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा नेपालले बंगलादेशलाई २–१ गोलले हराउँदै नेपाल च्याम्पियन बनेको हो ।
नेपालका लागि लागि खेलकाे १८ औँ मिनेटमा सन्जाेक राईले र ४२ औँ मिनेटमा विशाल राईले गाेल गरे । पहिलाे हाफमा नेपालले दुई–शून्यकाे अग्रता बनाए पनि दाेस्राे हाफमा बङ्गलादेशले एक गाेल गरेकाे हाे । बङ्गलादेशले खेलकाे ८३ औँ मिनेटमा गाेल फर्काएकाे हाे ।
याे जितसँगै नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेकाे हाे । यसअघि नेपालले घरेलु मैदानमा सन् १९८४ मा दक्षिण एसियाली खेलकुद महासङ्घ (साग) मा बङ्गलादेशलाई हराएको थियो
प्रतिक्रिया