रेशम चौधरीलाई रिहाई गर्न गृहमन्त्रीको नेतृत्वमा वार्ता टोली गठन

रेशम चौधरीलाई रिहाई गर्न गृहमन्त्रीको नेतृत्वमा वार्ता टोली गठन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले थरुहट आन्दोलनकारीसँग वार्ता गर्न टोली गठन गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा गठित वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी सदस्य छन् ।

टोलीले सोमबारदेखि नै वार्ता शुरू गर्ने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए। 

२०७२ भदौमा कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा हिंसा भड्किँदा एक नाबालक र आठ प्रहरीको हत्या भएको घटनामा संलग्नताको आरोपमा रेशम चौधरी लगायत थुनामा छन्।

सत्ता गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा) ले आफ्ना सांसद चौधरीको रिहाइलाई शर्त बनाएपछि सरकारले यो विषयमा छलफल गर्न टोली गठन गरेको हो।

Recent Comments

No comments to show.