भन्सार एजेन्टका लागि नयाँ लाइसेन्स आवेदन खुल्यो (सूचनासहित )

भन्सार एजेन्टका लागि नयाँ लाइसेन्स आवेदन खुल्यो (सूचनासहित )

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। लामो समयदेखि भन्सार एजेन्ट नथपेको सरकारले नियुक्तिका लागि प्रक्रिया अगाडि बढाएको छ। भन्सार विभागले भन्सार एजेन्ट इजाजतपत्र लिन इच्छुकका लागि अनलाइन दरखास्त आह्वान गरेको छ।

सरकारले ६६० जना भन्सार एजेन्ट नियुक्त गर्ने भएको छ। भन्सार एजेन्ट बन्नका लागि आवेदन दिन २१ वर्ष उमेर पुगेको हुनु पर्छ।

कम्तिमा स्नातक उत्तीर्ण गरी कम्प्युटर सम्बन्धी तीन महिनाको आधारभूत तालिम लिएको हुनु पर्छ। सरकारलाई तिर्न बुझाउन पर्ने रकम बाँकी नभएको हुनु पर्छ भने फौजदारी अभियोगमा अदालतबाट कसुर प्रमाणित नभएको हुनु पर्नेछ।

आवेदन दिनेहरुको लिखित र मौखिक दुवै परीक्षा हुने छ। परिक्षा केन्द्र काठमाडौंमै हुने छ। दरखास्त दिँदा ३ हजार रुपैयाँ लाग्ने छ। दरखास्त वैशाख ५ गतेभित्र दिइसक्नु पर्छ। त्यसपछि दोब्बर दस्तुर तिरेर १२ गतेसम्म दिन सकिन्छ।

लिखित र मौखिक पास भएपछि नतिजा प्रकाशित भएको ९० दिनभित्र लाइसेन्सबापत ७ हजार र धरौटीबापत सात लाख रुपैयाँ भन्सार विभागलाई बुझाउनु पर्छ। 

के हो भन्सार एजेन्ट ?

एउटा देशबाट अर्को देशमा निकासी तथा पैठारी हुने वस्तुको भन्सार क्लियरेन्सका लागि त्यस्तो निर्यातकर्ता वा आयातकर्ता व्यक्तिले नियुक्त गर्ने आधिकारिक प्रतिनिधि भन्सार एजेन्ट हो । यस्तो एजेन्टले भन्सारसम्बन्धी कानूनको पालना गर्दै आयात निर्यातको काममा सहयोग पुर्याउँछ ।

क्रसबोर्डर तस्करी रोक्न, आयातित वस्तुको शुल्क र ट्यारिफ व्यवस्थित रुपमा संकलन गर्न, वौद्धिक सम्पत्तिको अधिकार रक्षा गर्न, स्थानीय बजार तथा उपभोक्ताको हित रक्षा गर्न तथा अन्तर्राष्ट्रिय दायित्वहरु पूरा गर्नसमेत यस्तो एजेन्टको भूमिका हुन्छ ।

त्यस्तो एजेन्ट बन्न सरकारबाट लाइसेन्स लिनैपर्छ । एजेन्टको रुपमा नियुक्त हुने व्यक्तिले गर्ने हरेक काम निकासीकर्ता वा आयातकर्ताले गरेसरह नै हुने व्यवस्था भन्सार ऐनले गरेको छ । तर, एजेन्टले नियतवश गरेको गल्तीको भागिदार भने एजेन्ट नै हुने व्यवस्था ऐनले गरेको छ ।

Recent Comments

No comments to show.