जेसीबीको नयाँ मेसिन, ‘साइड इन्जिन टेलिह्यान्डलर’ नेपालमा सार्वजनिक

जेसीबीको नयाँ मेसिन, ‘साइड इन्जिन टेलिह्यान्डलर’ नेपालमा सार्वजनिक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालका लागि जेसीबी ब्रान्डका हेभि इक्विपमेन्ट तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्सले जेसीबीको नयाँ मेसिन ‘साइड इन्जिन टेलिह्यान्डलर’ नेपालमा सार्वजनिक गरेको छ ।

नयाँ मेसिनलाई नेपाल इट्टा उद्योग महासंघका कोषाध्यक्ष कृष्ण अवाले र हिरा ब्रिक्स इन्डस्ट्रिजका प्रबन्ध निर्देशक हिराकाजी श्रेष्ठले संयुक्त रुपमा भच्र्युअल माध्यमबाट सार्वजनिक गरेका हुन् ।

जेसीबी ‘साइड इन्जिन टेलिह्यान्डलर’ ७ र ११ मिटर गरी दुई भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । नयाँ मेसिनमा साइड इन्जिन, साँघुरो च्यासिस, ग्लास डोर, क्याबमुनिको फ्युल ट्यांक, ब्याट्री कम्पार्टमेन्ट, लिफ्ट यार्मजडित सिंगल बुम जस्ता फिचर छन् जसले हाइड्रोलिक साइकल टाइममा २८ प्रतिशत सुधार गर्नुका साथै उत्पादकत्वमा ३३ प्रतिशत वृद्धि गर्ने बताइएको छ ।

इन्जिनलाई साइडमा सारिएको छ जसले ध्वनीलाई काम गर्नुका साथै अपरेटरलाई सहज बनाउँछ । त्यसैगरी, हाइड्रोलिक ट्यांकलाई पछाडि सारिएको छ जसले मेसिनको सन्तुलनलाई राम्रो बनाउँछ । नयाँ मेसिनमा ‘क्विक हिच्’ रहेको छ जसले बकेट परिवर्तन गर्न र एट्याचमेन्टहरु परिवर्तन गर्न सहज बनाएर मेसिनको पर्फर्मेन्समा तीव्रता ल्याउँछ । यी विशेषताहरुका कारण नयाँ जेसीबी ‘साइड इन्जिन टेलिह्यान्डलर’ले ग्राहकको अपेक्षा पुरा गर्नुका साथै नेपाली निर्माण उपकरण बजारमा गेम चेन्जर सावित हुन कम्पनीको दावी छ ।

नयाँ मेसिनको डिजाइन र पर्फर्मेन्स जेसीबीको ग्लोबल मापदण्डमा आधारित रहेको र जसले मेसिन मालिक र अपरेटर दुवैलाई फाइदा दिलाउने कम्पनीको भनाइ छ ।

यो पनि पढ्नुहोस :

नेपाली एस्काभेटर बजारमा हुन्डाई बन्यो नम्बर १ पायो सर्टिफिकेट अफ एप्रिसिएसन

Recent Comments

No comments to show.