काठमाडाैं । देशका विभिन्न ठाउँबाट अलग-अलग उद्धेश्यले काठमाडाैंमा आइ कीर्तिपुर क्षेत्रमा बसाेबास गर्दै आएका प्रजातान्त्रिक विचारधारामा आस्था राख्ने व्यक्तिहरु आपसमा संगठित भएका छन् ।
कीर्तिपुर प्रजातान्त्रिक समाज गठन गरी उक्त संस्थामा समेटिनेहरुमा उद्याेगी, व्यवसायी, समाजसेवी, राजनीतिकर्मी एवं स्थानीय बासिन्दा लगायत रहेका छन् ।
फागुन २९ मा कीर्तिपुरकाे पुष्पसदन स्कुलमा व्यापक उपस्थिति बीच भेला भएकाे समूहले उक्त समुहकाे मुख्य नेतृत्वदायी भूमिका स्थानीय बासिन्दा, युवा विद्यार्थी नेता एवं सफल उद्यमी राजन चापागाइलाइ सुम्पिएकाे छ ।
कीर्तिपुर प्रजातान्त्रिक समाजकाे नेतृत्वकाे जिम्मेवारी प्राप्ति पश्चात सेताेघर डट कमसँगकाे संक्षिप्त प्रतिक्रयामा नवनियुक्त अध्यक्ष चापागाइले देशभरबाट काठमाडाैमा आएर विभिन्न क्षेत्रमा अलग-अलग रुपमा संलग्न रहँदै आएका व्यक्तिहरुलाइ एउटै मञ्चमा समेटेर सामुहिक उद्देश्य प्राप्तिकाे लागि एकताबद्ध बनाउने आवश्यकता महसुस भएकाेले उक्त मञ्च स्थापना गरिएकाे बताउनुभयाे ।
साथै मञ्चकाे मुख्य नेतृत्वदायी भूमिकामा आफूलाइ उचित पात्रकाे रुपमा प्रस्तुत गर्नुहुने सबै सदस्य महानुभावहरुमा हार्दिकता समेत प्रकट गर्नुभएकाे छ ।
संस्थाकाे स्थापना सँगै समाजमा आउन सक्ने विभिन्न समस्याहरुलाइ समाधान गर्न संस्थाले समन्यकारी भूमिका निर्वाह गर्ने साथै यसबाट स्थानीय विकास, सामाजिक याेगदान एवं व्यावसायिक विकासमा समेत सहयाेग पुग्ने अपेक्षा राखिएकाे छ ।
हाल यस संस्थामा सचिवकाे भूमिकामा गोबिन्द खनाल, कोषाध्यक्षकाे भूमिकामा लोक प्रकाश पण्डित एवं सदस्यहरुमा हेम थापा, कृष्णप्रसाद अधिकारी, राम कुमार श्रेष्ठ, ऋषिराम पन्थी, राम प्रसाद पोखरेल, तीर्थ भट्टराई र ज्ञानेश्वर अर्याल चयन भएका छन् ।
यसैगरी भेलाले सस्थाको सल्लाहकार समितिमा डाक्टर पुष्कर सिंह रैखोला, रामजी दाहाल, रमेश कान्त पण्डित एवं गणेश चन्द्र तिमिल्सिनालाई चयन गरेको छ ।
संस्थाकाे स्थापना सँगै प्रजातान्त्रिक विचारधारामा आवद्ध कीर्तिपुरका बासिन्दाहरुमा खुसी छाएकाे छ ।
प्रतिक्रिया