शेयर बजारमा लगानी गर्दै हुनुहुन्छ ? यी कुराहरूमा ध्यान दिनुहोस्

शेयर बजारमा लगानी गर्दै हुनुहुन्छ ? यी कुराहरूमा ध्यान दिनुहोस्

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पछिल्लो समय नेपाली शेयर बजारमा लागानी गर्नेको संख्या बढ्दै गएको छ । शेयर बजार बुझेर मात्रै नभई अरुको लहलहैमा लागेर शेयरमा लगानी गर्नेहरुको संख्या उल्लेख्य हुँदा सही समयमा सही निर्णय गर्न नसक्ने लगानीकर्ताको संख्या पनि उतिकै रहेको छ ।

बजार घट्नेवितिकै आत्तिहाल्ने र बजार बढ्नेवित्तीकै उत्साहित हुने प्रवृत्ति रहेको पाइन्छ ।

बजार बुलिस टेन्ड्रतर्फ उन्मुख हुदा प्रायः लगानीकर्ता अझै नाफा कमाइन्छ भनेर छिर्ने गर्छन् । जुन स्वाभाविक पनि हो । तर आफूले लगानी गरेको शेयरमा राम्रो प्रतिफल प्राप्त गरेको अवस्थामा बजारबाट नाफा बुक गर्दै निस्कनु नै बुद्धिमानी हुन्छ ।

थोरै बढी कमाउने लोभमा परेर नाफा भइसकेको कुनै सेयर च्यापेर राख्नु वा सो शेयरप्रतिको आशक्ति राख्नु गलत निर्णय हुन सक्छ ।

हरेक लगानीकर्ताहरूले आफ्नो लगानीबाट निश्चित प्रतिफलको अपेक्षा गरेको हुन्छन् । तर प्रतिफल र जोखिम एक अर्कासँग अन्तरसम्वन्धित हुने भएकोले लगानीकर्ताले विशेष सर्तकता अपनाउनु पर्दछ ।

हेर्नुस् धितोपत्र खरिद गर्दा ध्यान दिनुपर्ने कुराहरु

निष्काशनकर्ता कम्पनीको विवरणपत्र अध्ययन गरी कम्पनीको कार्य सम्पादन स्थिति, वित्तीय स्थिति (नेटवर्थ, नाफा नोक्सान स्थिति आदि), व्यवस्थापन पक्ष, जोखिम पक्ष जस्ता महत्वपूर्ण कुराहरुको विश्लेषण गरेर मात्र लगानी सम्बन्धी निर्णय गर्नुहोस् ।

विवरणपत्र लगायत निष्काशनकर्ता कम्पनीसँग सम्बन्धित अन्य अद्यावधिक विवरणहरुका लागि निष्काशनकर्ता कम्पनी, निष्काशन तथा बिक्री प्रबन्धक र तोकिएका दरखास्त संकलन केन्द्रहरुमा सम्पर्क राख्नुहोस् ।

धितोपत्र खरीदका लागि दरखास्त दिएपछि धितोपत्रको बाँडफाँट, फिर्ता भुक्तानी, प्रमाणपत्र प्राप्ति तथा सूचीकरण सम्बन्धमा सजग रहनुहोस् । 

धितोपत्रको निष्काशन मूल्यले सूचीकरण पश्चात धितोपत्र विनिमय बजारमा कायम हुन जाने मूल्यलाई नजनाउने हुँदा धितोपत्रको बजार मूल्य परिवर्तनको जोखिम प्रति सजग रहनुहोस् ।

धितोपत्रको सार्वजनिक निष्कासन हुँदा धितोपत्र खरिद गर्न चाहने लगानीकर्ताले सम्बन्धित सङ्गठित संस्थाको विवरणपत्रका साथै प्रबन्धपत्र र नियमावली हेरी सम्बन्धित कम्पनीको व्यवसायको प्रकृति, आर्थिक विवरण, जोखिम पक्ष, संस्थापक सञ्चालक सम्बन्धी विवरण जस्ता कुराहरुको अध्ययन तथा विश्लेषण गरी लगानी सम्बन्धी निर्णय गर्नुहोस् ।

दोस्रो बजारमा धितोपत्र किनबेच गर्दा जोखिम, प्रतिफल तथा भविष्यको सम्भावना सम्बन्धी पूर्ण ज्ञान र पूर्ण होशियारीका साथ गर्नुहोस् । 

धितोपत्र बजारमा सूचीकृत धितोपत्रहरू खरिद गर्न चाहने लगानीकर्ताले सम्बन्धित सङ्गठित संस्थाको कार्य सम्पादन, आर्थिक विवरण तथा वार्षिक प्रतिवेदन, संस्थापक सञ्चालकको विगतको कार्य सम्पादन, सङ्गठित संस्थाहरूद्वारा समयसमयमा प्रवाह गरिने सूचनाबारे जानकारी राख्नुहोस् ।

स्टक एक्सचेन्जमार्फत सार्वजनिक हुने मूल्यमा प्रभाव पार्न सक्ने संवेदनशील सूचना समेत हेरी लगानी सम्बन्धमा निर्णय गर्नु बढी सुरक्षित हुन्छ । लगानीकर्ताले आफूलाई विश्वास लागेको धितोपत्र दलाल वा वित्तीय विशेषज्ञसँग आवश्यक जानकारीहरू लिएर धितापत्रको खरिद बिक्री सम्बन्धी निर्णय गर्नुहोस् ।

स्टक एक्सचेन्जमा बजार माग र आपूर्तिले निर्धारण गरेको मूल्यमा धितोपत्रहरूको कारोबार हुन्छ । स्टक एक्सचेन्जमा सेयर कारोबार सदस्य दलालमार्फत हुन्छन् । धितोपत्र किनबेच गर्नेले दलाललाई कमिसन तिर्नुपर्छ ।

धितोपत्रमा गरिने लगानीको जोखिम तपाई स्वयंले ब्यहोर्नुपर्ने हुँदा हल्ला, अनावश्यक प्रचार प्रसार वा कसैको बहकाउबाट मात्र प्रेरित नभई आफ्नो स्वविवेकमा नै लगानी सम्बन्धी निर्णय गर्नुहोस् ।

आफुले शेयर खरीद गरेको कम्पनीको गतिविधिहरुबारे निरन्तर जानकारी राख्न र कम्पनीको साधारण सभामा सहभागी हुन नविर्सनुहोस् ।

धितोपत्रमा लगानी गर्दा आफ्नो नागरिकता प्रमाणपत्र वा नेपाल सरकारबाट जारी गरिएको आधिकारीक परिचय प्रस्तुत गरी भविष्यमा परिचय सम्बन्धी विवाद आउन नदिन सजग रहनुहोस् ।

Recent Comments

No comments to show.