ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ आज बाँडफाँट हुदै,१२ लाख बढीको हात खालि

ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ आज बाँडफाँट हुदै,१२ लाख बढीको हात खालि

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ) आज दिउँसो  बाँडफाँट हुने भएको छ ।

सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार आज दिउँसो १२ः३० बजे इन्स्योरेन्सको कर्पोरेट कार्यालयमा आइपीओ बाँडफाँट हुनेछ ।

कम्पनीले फागुन २१ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

जसमा कुल १८ लाख ४ हजार ६४८ जनाले ३ करोड ८० लाख ५७ हजार ७१० कित्ताका लागि आवेदन दिएका थिए । आवेदक मध्ये जम्मा ५ लाख ९४ हजार जनाले मात्र गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाउनेछन् भने १२ लाख बढीको हात रित्तो हुनेछ ।

हाल १ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ निष्काशन पछि चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

Recent Comments

No comments to show.