नबिल बैंकले ल्यायो विदेशी वस्तु तथा सेवा खरिद गर्न सकिने आइकार्ड

नबिल बैंकले ल्यायो विदेशी वस्तु तथा सेवा खरिद गर्न सकिने आइकार्ड

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाल राष्ट्र बैंकले नेपालमै बसेर ५०० डलरसम्मको विदेशी वस्तु तथा सेवा खरिद गर्न सटही सुविधा दिएपछि नबिल बैंकले युएस डलर नबिल आइकार्ड ल्याएको छ।

राष्ट्र बैंकले यस्तो खरिद प्रिपेड कार्डमार्फत गर्न सकिने ब्यवस्था गरेको छ। त्यसलाई पछ्याउँदै नबिलले आइकार्ड ल्याएको हो।

नबिलमा बैंकमा खाता भएका ग्राहकले कार्डमार्फत वार्षिक अधिकतम ५ सय अमेरिकी डलर बराबरको इ-कमर्स साइटमार्फत अनलाइन सपिङ गर्न सक्ने छन्। यो भारतबाहेकका मुलुकमा भुक्तानीका लागि जारी हुने कार्ड हो।

कार्ड लिनका लागि ग्राहकसँग बैंक खाता त हुनै पर्छ, त्यसबाहेक स्थायी लेखा नम्बर अर्थात प्यान कार्ड पनि चाहिन्छ। ग्राहकले एकै पटक वा पटक पटक गरि एक वर्षमा अमेरिकी डलर ५०० बराबर यसरी प्रयोग गर्न सक्छन्। 

Recent Comments

No comments to show.