ब्राउनसुगरसहित पक्राउ परेकी न्यायाधीशकी श्रीमतीविरूद्ध लागुऔषध कारोवारीकाे मुद्दा

ब्राउनसुगरसहित पक्राउ परेकी न्यायाधीशकी श्रीमतीविरूद्ध लागुऔषध कारोवारीकाे मुद्दा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेकी दाङकी तुलसा पोखरेललाई प्रहरीले लागुऔषध कारोवारी र प्रयोगकर्ता ठहर गरी सरकारी वकिल कार्यालयमा मिसिल पठाएको छ।

दाङ तुलसीपुर उपमहानगरपालिका ५ की ४२ बर्षीया पोखरेललाई घरबाट २ ग्राम २२ मिलिग्राम ब्राउनसुगरसहित २८ दिन अघि पक्राउ गरी अनुसन्धान गरेको प्रहरीले लागुऔषध कारोवारी र प्रयोगकर्ता दुवैमा मुद्दा चलाएको हो। ‘१ ग्राम भन्दा माथि ब्राउन सुगर बरामद भएपछि त्यसलाई कारोवारीकै रुपमा प्रहरीले हेरेको छ’, प्रहरी स्रोतले भन्यो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) शिबबहादुर सिंहका अनुसार केही दिनमै अदालतमा थुनछेकको बहस हुनेछ।

‘उहाँको मुद्दा सरकारी वकिलको कार्यालयमा गइसकेको छ हाम्रो तर्फबाट अनुसन्धान सकियो अब केही दिनमा थुनछेकको बहस हुन्छ’, डिएसपी सिंहले भने। पक्राउ परेकी महिला उच्च अदालत सुर्खेत जुम्ला इजलासका न्यायाधीश मदन पोखरेलकी श्रीमती हुन्।

प्रहरीले तुलसीपुर बजारस्थित पोखरेलको घर अगाडि पार्किङ गरेर राखेको पोखरेलको रा ५ प ७१४६ नम्बरको स्कुटरको डिक्की भित्र प्लास्टिकमा राखेको अवस्थामा बरामद गरेको थियो। प्लाष्टिकसहित तौलगर्दा २ ग्राम २२ मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो।

उनी न्यायाधीश पोखरेलकी कान्छी श्रीमती हुन्। प्रहरीले एक ग्राम भन्दा बढी भएमा कारोवारीको रुपमा मुद्दा चलाउने गर्छ। पोखरेलले आफू लागुऔषध कारोवारी नभएको बयान दिएकी छिन्। उनले आफू सेवनकर्ता मात्रै भएको बयान दिएकी छिन्।

उनको साथबाट बरामद भएको ब्राउन सुगर ल्याब टेष्टको लागि पठाइएको थियो। त्यसको रिपोर्ट आएपछि मात्रै प्रहरीले अनुसन्धान प्रकृया पूरा गरेर सरकारी वकिलको कार्यालयमा पठाएको हो।

Recent Comments

No comments to show.