काठमाडौं । सरकारले महंगा गाडी आयातमा लगाएको प्रतिबन्ध हटाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सुचना प्रकाशित गरी गत वर्ष चैत्र २४ गतेदेखि ५० हजार डलरभन्दा माथिका महङ्गा गाडी आयातमा लगाइएको प्रतिबन्ध हटाइएको जानकारी दिएको हो ।
सरकारले तत्कालिन समयमा महङ्गा गाडी आयात गर्दा उच्च रुपमा विदेशी मुद्रा बाहिरिने भन्दै आयातमा प्रतिबन्ध लगाएको थियो ।
प्रतिबन्ध हटाईएसँगै अब जति महँगो गाडी पनि आयात गर्ने बाटो खुलेको छ ।
प्रतिक्रिया