काठमाडौँ । नेपालको लागि टिभिएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ बर्ष २०७८ लाई लक्षित गर्दै टिभिएस वा, वाह्, वाहह् ग्राहक योजना अघि ल्याएको छ ।
चैत्र ८ गतेबाट उत्साह जनक अफरहरुको साथमा शुरु भएको यस योजना बैशाख ३१ गतेसम्म चल्ने छ ।
यस योजना अन्तर्गत टिभिएसको कुनै पनि मोटसाइकल वा स्कुटरकोे खरिदमा १० हजारसम्म पक्का डिस्काउन्टको व्यवस्था साथै शून्य प्रतिशत ब्याजदर भएको “वा“अफर रहेको छ ।
साथै योजनालाई “वा“ बाट “वाह्“ बनाउन योजनाको समय अवधीमा टिभिएसको कुनैपनि मोटर्साइकल वा स्कुटर खरिद गर्नु हुने ग्राहकहरु मध्ये १ जना भाग्यशाली ग्राहकलाई हरेक १५ दिनमा फेसबुक लाइभ मार्फत एउटा नयाँ टिभिएस Apache RR 310 उपहार स्वरूप प्रदान गरिनेछ ।
योजना यतिमा मात्र सिमित नभएर “वा“ बाट “वाह्“हुँदै वाह्ह्सम्मको थप भव्य बनाउन, योजनाको अन्त्यमा एकजना अत्तिनै भाग्यशाली ग्राहकले बम्पर उपहार स्वरुप Standard MT भर्जनको नयाँ एचयतयल क्बनब फेसबुक लाइभ मार्फत प्राप्त गर्नु हुनेछ भने यस योजना माथी उल्लेखित समयावधी भित्र देशमा रहेका सम्पूर्ण टिभिएस शोरुममा लागू हुनेछ ।
नेपालभर १०० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ ।
गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ ।
प्रतिक्रिया