माछापुच्छ्रे बैंकको सहयोगमा ट्राफिक लाईट जडान

माछापुच्छ्रे बैंकको सहयोगमा ट्राफिक लाईट जडान

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।  माछापुच्छ्रे बैंकले राजधानीको ट्राफिक व्यवस्थालाई सघाउने उद्धेश्यले काठमाण्डौँको लैनचौर चोक तथा राष्ट्रपति निवाससंगै रहेको पुलिस एकेडेमी चोकमा ट्राफिक लाईटको व्यवस्था गरेको छ । 

सोमबार एक कार्यक्रमका बिच माछापुच्छ्रे बैंकका संचालक रोशन केसी र विश्व प्रकाशगौतमले उक्त ट्राफिक लाईटहरु महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक जनक भट्टराईलाई  हस्तान्तरण गर्नुभयो ।

सवारी आवागमनलाई सुरक्षित एंव व्यवस्थित बनाउने विश्वासका साथ बैंकलेसवारी साधानको अत्याधिक चाप रहने राजधानीको लैनचौर चोक तथा राष्ट्रपति निवाससंगै रहेको पुलिस एकेडेमी चोकमा ट्राफिक लाईटको व्यवस्था गरेको हो । 

उक्त ट्राफिक लाईट हस्तान्तरण कार्यक्रममा बोल्दै माछापुच्छ्रे  बैंकका कार्यकारी अधिकृत सन्तोष कोइराला ज्यूले ट्राफिक लाईटको अभावका कारण राजधानीको ट्राफिक आवागमनमा प्रायजसो समस्या देखिने गरेको कुरालाई मनन गर्दै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत ट्राफिक लाईटहरु हस्तान्तरण गरेको बताउनु भयो ।

 सोही कार्यक्रममा बोल्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक जनक भट्टराईले माछापुच्छ«े बैंकले प्रदान गरेका ट्राफिक लाईटहरुले आम नागरिकमा ट्राफिक नियमको पालना गराउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । 

Recent Comments

No comments to show.