काठमाडौँ । सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज स्थानीय बजारमा सुन प्रतितोला २०० रुपैयाँले घटेको हो ।
हिजो आइतबार प्रतितोला ८७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार भने ८७ हजार रुपैयाँमा कारोबार हुनेछ ।
सोही परिमाणको तेजावी सुनलाई आज प्रतितोला ८६ हजार ५५० रुपैयाँ पर्नेछ । यता, चाँदीको भाउ पनि घटेको छ । आइतबार एक हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार २६० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।
प्रतिक्रिया