अवैध हतियार र गोलीसहित बाराबाट एक जना पक्राउ

अवैध हतियार र गोलीसहित बाराबाट एक जना पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा। जितपुरसिमरा उपमहानगरपालिका-७ शान्ति टोलस्थित बाटो छेउबाट १ थान अवैध कटुवा पेस्तोल र २ राउण्ड गोलीसहित महोत्तरी गाउँपालिका-२ बस्ने ४० वर्षीय प्रमोद कुमार चौधरी भूमिहारलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत कार्यालय समेतबाट खटिएको प्रहरीले भूमिहारलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा उनको साथबाट उक्त हातहतियार फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै पाल्पा, बगनासकाली गाउँपालिका-३ तल्लो सिञ्चास बस्ने ५८ वर्षीय हिरा बहादुर शारुलाई एकनाले अवैध भरुवा बन्दुक ३ थान सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा भरुवा बन्दुक लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रहरी चौकी आर्यभन्ज्याङबाट खटिएको प्रहरी टोलीले घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Recent Comments

No comments to show.