प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधि सभाको बैठक शुक्रबार बस्दैछ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई सर्वोच्चले बदर गरिदिएपछि पुनर्स्थापित संसदको यो चौथो पटक बस्ने बैठक हो ।

संघीय संसद् सचिवालयले आजको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसेवा आयोगको ६१औँ वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदन तथा लोकसेवा आयोगको बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

यस्तै २०५८ सालको राष्ट्रिय सभा सदस्य, २०६३ सालको पुनस्र्थापित प्रतिनिधि सभा सदस्य तथा २०७० सालको संविधानसभा सदस्य तथा नेपाली कांग्रेसका नेता अशोक कोइरालाको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरिएको हो ।

यस्तो छ आजको बैठकको कार्यसूचीः



Recent Comments

No comments to show.