कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलन आजदेखि सुरु

कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलन आजदेखि सुरु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘विषम् परिस्थितिमा न्यायमा पहुँच र समानमाः कानून व्यवसायी महिलाको प्रबिद्धता’ भन्ने नाराका साथ २९ औँ कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदैछ।

सम्मेलन भोलिसम्म चल्ने छ । नेपाल बार एसोसिएसन महिला समितिले भर्चुअल रुपमा गर्न लागेको सम्मेलनको उद्घाटन सर्वोच्च अदालतका न्यायाधीश सपना मल्लले उद्घाटन गर्नेछिन् ।

प्रा डा शशि अधिकारीले कार्यपत्र प्रस्तुत गर्नेछन् ।  यसवर्ष विपद्, युद्ध र महामारीमा महिलामा नै बढी असर पर्ने भएकाले उनीहरुलाई न्यायमा पहुँच पुर्‍याउने भन्ने विषयमा सम्मेलनमा छलफल हुनेछ ।

बारको महिला समितिले प्रत्येक वर्ष महिलालाई न्यायमा पहुँच कसरी पुर्‍याउने भन्ने विषयमा फरकफरक विषयमा सम्मेलन गर्दै आएको छ । नेपालमा कूल कानून व्यवसायी महिला तीन हजार छन् ।

Recent Comments

No comments to show.