यामाहाको महा एक्स्चेन्ज मेला शुरु, नयाँ बाइक तथा स्कूट खरिदमा दश हजार सम्मको छुट

यामाहाको महा एक्स्चेन्ज मेला शुरु, नयाँ बाइक तथा स्कूट खरिदमा दश हजार सम्मको छुट

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।   यामाहा नेपालले सबैभन्दा उत्कृष्ट एफ आइ प्रविधिमा स्तरोन्नति गर्ने अवसर प्रदान गर्न नेपालकै सबैभन्दा बृहत्तर एक्स्चेञ्ज मेला  शुरु गरेको छ । 

यो महा एक्स्चेञ्ज मेलाको आयोजना यही चैत्र ५ गतेदेखि ११ गतेसम्म काठमाडौं स्थित भृकुटीमण्डपमा गरिने भएको छ ।

यो सबैभन्दा ठूलो एक्स्चेञ्ज मेलामा यामाहाले जुनसुकै ब्राण्डका पुराना मोटरसाइकलहरुका लागि प्रचलित बजार मुल्यमा रु.१५,०००/ थप मूल्याङ्कन गर्नेछ । 

यसका अतिरिक्त यामाहाले यामाहा बाइक तथा स्कूटरहरुको खरीदमा कम मासिक किस्ता, शुन्य प्रतिशत ब्याजदर र कम डाउनपेमेन्ट लगायतका विशिष्ट अफरहरुका साथ “अन द स्पट फाइनान्सिङ्ग” को सुविधा समेत उपलब्ध गराएको छ ।

कसैले बाइक तथा स्कूटरहरु खरीद गर्ने सोच बनाइराख्नु भएको छ, वहाँहरुले यो महा एक्स्चेञ्ज मेलाबाट प्रशस्त लाभ लिन सक्नु हुन्छ ।

साथै यस मेलाका आकर्षणहरुमा यामाहा ब्राण्डका बाइकहरु  तथा स्कूटरहरु खरीद गर्दा स्योर शट नगद छुटमा रु.१०,०००/ र चलाउँदा लगाउने सामग्रीहरु जित्न सक्नु हुन्छ । तथा  टेष्ट राईड गर्ने भाग्यशाली विजेताहरुले हेलिकोप्टर यात्राको अवसर पनि पाउन सकिनेछ ।

यति मात्र हैन । यामाहा नेपालले अवलोकनर्ताहरुलाई निःशुल्क बाइक चेकअप र निःशुल्क सफाईको अफर पनि दिएको छ, यो अफर जुनै ब्राण्डका बाइकहरुका लागि खुला गरिएको छ । 

महामेलाको थप आकर्षणहरुमा राइडिङ्ग प्रतियोगिता, डोर पुरस्कारहरु, दैनिक क्वीजहरु, र  अवलोकनमा आउनेहरुलाई अपूर्व अनुभूति प्रदान गर्न नेपाली मनोरन्जन क्षेत्रका धेरै चर्चित हस्तीहरुसँग भेट गर्ने अवसर पनि प्रदान गर्नेछ । यसका साथै अवलोकनकर्ताहरुले एक्स्चेञ्ज मेलाको दौरान प्रदर्शनीका लागि राखिने सुपर बाइकहरु पनि हेर्न पाउनेछन् ।

मेलाको बारेमा जानकारी दिंदै यामाहा मोटर्सका सिइओ श्री चिरञ्जीवी शाह भन्नहुन्छु  ”हामी यो मेलाको आयोना गर्न पाएकोमा हर्षित छौं । यो बाइकधनीहरुका लागि एफआइ इन्नि बाइकमा स्तरोन्नति गर्ने र आफ्नो स्वामित्वको बाइक तथा स्कूटरहरुको उत्कृष्छ मुल्य प्राप्त गर्ने स्वर्णिम अवसरको मेला हो । हामी विश्वस्त छौं कि यो एक्स्चेञ्ज मेलाले हाम्रा आदरणीय ग्राहकहरुलाई उत्कृष्ट डिलहरु गर्ने अवसर प्रदान गर्नेछ ।”

Recent Comments

No comments to show.